“स्तब्ध मन” कविता

✍️सयपत्री थलङ

मौनताको क्षितिज उक्लिएर
नियालीरहन्छु म प्रकृतिलाई
एकफेर छामीहेर्छू पृथ्वीको मुटु
अहो ! बेजोडले तड्पिरहेको पो रहेछ ।

झरी दर्किरहेको छ ,
म नियालीरहेछु आकाशलाई !
दुख्नसम्मको दुखेको छ चित्त
र अनगिन्ति आशुले भिजाइरहेको छ धर्तिलाई ।

मेरा चिम्से नयनहरूको समिपमा राखेर
जव चिहाउछु विश्वको हरेक शक्तिहरू
महामारीमा मात्र मौनधारण गरिरहेछ किन ?
यतिबेला अनेक प्रश्नको वादलहरू दौडिरहेको छ
नासाका वैज्ञानिकहरू किन अझै चुपचाप…..?
सामान्य साबुन, अमिलो र तातोपानीले नै
प्वाट्ट फुटेर मर्ने कोरोना भाईरस छ जो
तर किन पत्ता लगाउदैन खास औषधि ….?

उफ्! मन त्यसै बेचैन छ जलन भईरहेको छ
जब देख्छु मृत्युशयामा तड्पिरहेका बिरामीहरू
लाखौले ज्यान गुमाएका लासहरू
आखिर धन सम्पत्ति मान सम्मान के रै छ र ?
खै के मलम पट्टी गर्यो र अन्तिम दर्दनाक पिडामा ?

भावविह्वल भएको मेरो मन,
परिकल्पनाको उडानमा
आफ्नै जन्मभूमि अवतरण भइरहेको छ ।।

**********************

प्रतिक्रिया लेख्नुहोस्