असोज २८, याङ्वरकफोकस

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विद्युतको महशुल अझै घट्ने भनी मंगलबार राजधानीमा भएको आयोजित एक कार्यक्रममा बताएका छन्।

मन्त्री पुनले विद्युत प्राधिकरणले घरेलु र औद्योगिक क्षेत्रको शुल्क घटाइएको स्मरण गराउदै अब महशुल थप घट्ने जानकारी दिएका थिए। आगामी वर्ष प्राधिकरणले अझ थप सस्तोमा विद्युत उपलब्ध गराउने छ भनी प्रतिबद्धता जनाएका छन्।

१० वर्षमा सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्नसकिने र उत्पादित बिजुली बेच्न बजारको पनि समस्या नभएको भनी मन्त्री पुनले जानकारी दिए। कूल १० हजार मेगावाट विद्युत् आन्तरिक खपत हुने र पाँच हजार मेगावाट बाह्य बजारमा बेच्ने नीतिगत र प्रक्रियागत तयारीका साथ काम अघि बढेको छ भनी मन्त्री पुनले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्