असोज २८, याङ्वरकफोकस । प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० बुधवारबाट दोस्रो चरण(साङ्गापोबा फुङ्गापोबा)मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत असार २५ गतेबाट सुरू भएको हो ।

प्रतियोगिताका निर्णायक यासेली योङ्हाङ्ले सेवारो टि.भि.को फेसबुक पेज मार्फत बुधवार लाइभ हुदै प्रथम चरण(नेतिफुङ)बाट दोस्रो चरण(साङ्गापोबा फुङ्गापोबा)मा प्रवेश हुने ४० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।

इक्साहाङ चेम्जोङको संयोजकत्वमा संचालन भईरहेको यस कार्यक्रमले कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएको बताईएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा २४० जना प्रतियोगी सामेल भएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ५५ हजार, उप-विजेता हुनेले ३० हजार तथा तृतीयले २० हजार रुपैयाँ हात पार्नेछन् ।

दोस्रो चरण(साङ्गापोबा फुङ्गापोबा)मा प्रवेश गरेका प्रतियोगीहरुको नामावली

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्