असोज ३०, याङ्वरकफोकस / नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व बैंकसँग २० अर्ब ऋण लिने प्रक्रिया अघि बढाएका छन्।

बिहिवार अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, मन्त्रालयका महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालय मातहतका विभागीय प्रमुखसँग छलफल गरि उक्त निर्णय पारित भएको थियोे।

अर्थमन्त्री पौडेलले ०.७५ प्रतिशत ब्याजदर मा करिब २० अर्ब रुपैयाँ ऋण लिने निर्णय भएको र उक्त निर्णयलाई मन्त्रिपरिषदमा पेस गर्ने भनि अर्थ सचिव ढुंगानाले जानकारी दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्