कार्तिक १, याङ्वरकफोकस । पाँचथरको याङ्वरक गाउँपालिका-४ थर्पुमा संघीय लिम्बुवान मञ्च नेपालले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा युवा नेता मधुराज केरुङ, संघीय युवा मञ्च जिल्ला कार्यबाहक अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ लगायतको उपस्थितीमा कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
मञ्चका गाउँपालिका अध्यक्ष नरेश काम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्राध्यापक तथा युवा नेता मधुराज केरुङ र जिल्ला उपाध्यक्ष जितेन चेम्जोङले सहजीकरण गराएको सचीव नेम्बाङले याङ्वरकफोकस लाई बताएका छन् ।