कार्तिक ३/अचेल  मोटरसाइकलमा हुने डिस्क ब्रेक चलेको फिचर हो । पहिले  महंगा र ठूला मोटरसाइकलमा हुने यो फिचर अहिले प्राय सबै जस्तो मोटरसाइकलमा पाउन सकिन्छ ।

अझ १५० सीसी क्षमताका सबै मोटरसाइकलमा डिस्क ब्रेक रहेका छन् । त्यसमा पनि अगाडि र पछाडि दुबै चक्कमा डिस्क ब्रेक दिने गरेको पाइन्छ । नेपालमा बिक्री हुने १५० सीसी क्षमताको बजाज पल्सर १५०, टीभीएस अपाचे आरटीआर १६० फोर भी, यामाहा एफजेडएस भी थ्रि, जिक्सर १५० जस्ता मोडलमा अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकका सुविधा सहित उपलब्ध रहेको छ । यस्तोमा हामीले यसका फाइदा र बेफाइदा बारे जानकारी दिने प्रयास गरेका छौं ।

डिस्क ब्रेकका फाइदा

डिस्क ब्रेकले ड्रम ब्रेकको तुलनामा ६० देखि ८० प्रतिशतसम्म चाँडो मोटरसाइकलको गतिलाई नियन्त्रण गर्न सक्छ । यस्तोमा दुर्घटनाबाट जोगाउन सहयोग पुग्छ ।

ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेकलाई बढी सुरक्षित मानिन्छ । डिस्क ब्रेकलाई रिमको आवस्यकता नपर्ने भएकाले यसले हिलो र सुख्खा मौसममा पनि एकनासको सुरक्षा प्रदान गर्छ । ड्रम ब्रेकमा हिलो र धुलोको असर धेरै हुने गर्छ ।

यसलाई प्रयोग गर्नपनि सहज मानिन्छ । यसमा कम शक्ति खर्चगर्दा पुग्छ । यसलाई जुनसुकै अवस्थाको सडकमा पनि एकनासले प्रयोग गर्न सकिन्छ भने पानी परेको बाटोमा पनि यसको पर्फमेन्स उत्कृष्ट रहने गर्छ ।

डिस्क ब्रेकका बेफाइदा

डिस्क ब्रेकको कहि बेफाइदा पनि रहेको छ । डिस्क ब्रेक ड्रम ब्रेकको तुलनामा धेरै गह्रौ हुन्छ । उच्चगतिमा यसको अचानक प्रयोग केहि कठिन मानिन्छ ।

डिस्क ब्रेकको मेन्टिनेन्स ड्रमको तुलनामा बढी गर्नु पर्ने हुन्छ । यसमा प्रयोग हुने ल्यूव, बेला बेलामा जानु पर्ने सर्भिस सेन्टर जस्ता कारण यो ड्रमको तुलनामा महंगो हुने गर्छ । यद्यपी ड्रम ब्रेकको रिममा गर्नु पर्ने खर्चभन्दा डिस्क ब्रेकको मेन्टिनेन्स खर्च कम हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्