याङवरक फाेकस – कार्तिक ४, पछिल्लाे समय सामाजिक संजाल टिकटककाे लोकप्रियता बढे सङ्गै एचपी इन्टरटेन्मेन्टको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धाकाे आयोजना हुने भएको छ।

सामाजिक संजाल टिकटककाे लाेकप्रियतालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई घरमै बसेर अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर सहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ।

प्रतिभा भएका तर अवसर नपाएका प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने माध्यम ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए।

उनका अनुसार,अहिले बिस्वभर फैलिएकाे कोरोना भाइरस महामारीको असामान्य परिस्थिति लाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाइनबाट नै प्रतियोगितामा भाग लिन सकिने र विजेताहरुले चलचित्रमा काम गर्ने अवसरका साथै कार, स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ। कार्यक्रममा भाग लिन चाहने सहभागीले एचपी इन्टरटेन्मेटको अनलाइन पोर्टलमा  गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउन सक्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्