कार्तिक ५, याङ्वरकफोकस / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार द्वारा स्थापित (कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष) लाई आफ्नो दुई महिनाको पारिश्रमिक दिएका छन्।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को रोकथाम एवं नियन्त्रणका लागि स्थापित उक्त कोषमा आफूलाई चाडपर्व खर्च वापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको भनी राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत आज जानकारी दिएका छन्।