कार्तिक ६/ स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।
च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो ।

खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाए ।
३३ औं मिनेटमा रियलका रफायल भरानेले आत्मघाती गोल गर्दा रियल २-० ले पछि पर्यो ।
खेलको ४२ औं मिनेटमा शाख्तरका मानोर सोलोमोनले गोल गर्दा रियल पहिलो हाफमा ३-० ले पछि परेको थियो ।
दोस्रो हाफमा रियल मड्रिड खेलमा फर्कने कोशिस गर्यो ।

खेलको ५४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रियल ३-२ ले पराजित भयो ।
मोड्रिचको स्थानमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै भिनिसियसले गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा रियलका फेड्रिको भाल्भर्डेले गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताबाट रेफ्रीले उनको गोललाई मान्यता दिएन । भिनिसियस अफसाइड रहेको कारण त्यस गोलले मान्यता नपाएको हो ।

जितसँगै समूह ‘बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ ।
रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

रियलको यो लगातार दोश्रो हार हो यश अघि लालिगामा पनि हार बेहोरेको थियो ।यहि सनिबार रियल र बार्सिलोना लालिगामा भिड्दैछ्न।

 

प्रतिक्रिया लेख्नुहोस्