कार्तिक ६, याङ्वरकफोकस / व्यक्तिगत भ्रमण भनी नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार सामाजिक संजालमा प्रेस नोट जारी गर्दै रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आएको भनी बताएका छन्।

उक्त भेटमा रअ प्रमुख रोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया लेख्नुहोस्