कात्तिक-७, डेस्क । तेह्रथुम आठराई-५ होडाका २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर ज्यान गएको छ । हिजो(बिहीवार) अपरान्ह सवाँ ५ बजे आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि वेहोस भएका थिए ।

वेहोस भएका बराईलीलाई उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटोमै साझँ पौने ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्