कार्तिक १०/बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्होले च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्ट्सविरुद्धको खेल गुमाउने भएका छन् ।

ह्यामस्ट्रिंग चोटको कारण कौटिन्होले युभेन्ट्सविरुद्धको खेल गुमाउने भएका हुन् ।

बार्सिलोनाले आइतबार कौटिन्होले देब्रे खुट्टाको ह्यामस्ट्रिंग चोट बोकेको जनाएको छ । उनको मैदान फर्कने मिति भने चोटमा निर्भर रहने जनाएको छ ।

बार्सिलोनाले समूह चरणको दोस्रो खेलमा बुधबार इटालियन क्लब युभेन्ट्ससँग खेल्दैछ ।

ब्राजिलका २८ वर्षीय मिडफिल्डर कौटिन्होले रियल मड्रिडविरुद्धको एल क्लासिको भिडन्तमा ९० मिनेट नै मैदानमा बिताएका थिए ।

घरेलु मैदानमा शनिबार भएको एल क्लासिकोमा बार्सिलोना ३-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्