कार्तिक १३, याङ्वरकफोकस / फरवार्ड क्रिष्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको इटालियन क्लब युभेन्टस स्पेनिस क्लब बार्सिलोना संग पराजित भएको छ।

गएराति भएको च्याम्पियन्स लिग फुटबल खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो।

युभेन्टस को मैदानमा भएको उक्त खेलको १४ औं मिनेटमा फरवार्ड लियोन मेस्सीको पासलाई डेम्बेलेले पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयको ९३ औं मिनेटमा मेसिले पेनाल्टीद्वारा पुन गोल गर्दै बार्सिलोना २-० को गोल अन्तरले विजयी भएको थियोे।

युभन्टेस का मेरिह डेमिरलले खेलको ८५ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। खेलको अन्तिम पाँच मिनेटमा युभेन्टस १० खेलाडीमा सीमित बन्न पुग्यो।

खेलमा जुभेन्टसका अल्भारो मोराटाले तीन पटक गोल गरे तर उक्त गोललाई रेफ्रीले भिडियो एसिस्टेन्ट गरि रद्द गरिदिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्