कार्तिक १४, याङ्वरकफोकस / र्‍यापर समिर घिसिङ अर्थात भिटेनलाई गीतमा अश्लील शब्द प्रयोग गरेको अभियोगमा छानबिन हुने भएको छ।

गत साता सार्वजनिक ‘पारा’ बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको
भनी छानबिन गर्न प्रहरी प्रधान कार्यालयले बिहिवार साइबर ब्युरोलाई निर्देशन दिएका छन्।

उक्त गीतमा अपाच्य शब्दहरुको प्रयोग गरिएको कारण हामीले अनुसन्धान गर्नू भनेर ब्यूरोलाई निर्देशन दिएका हो भनी नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताएका छन्।
साइबर ब्युरोले अहिले भिटेनको गीतलाई प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्