कार्तिक १४, याङ्वरकफोकस / समाजसेवी चन्द्रकला साँवाले आफ्नो जन्मदिनको अवसरमा लिम्बु भाषीक म्युजिक भिडियो ‘युप्पारुङ’ सार्वजनिक गरेकी छिन्। प्रेम पन्धाकको शब्द तथा संगीत रहेको गीतमा सुनिता सुब्बा र किरन एक्तेनले स्वर दिएका छन् ।

भिडियोमा अमृता जबेगु, आदर्श आङ्देम्बे, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, मनेन्द्र केरुङ, मनकुमार केरुङ, लक्ष्मण तामाङ, धनकुमारी योङ्हाङ लावती, बिक्रम राई, नरबहादुर लावती लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सञ्जय आचार्यको छायांकन तथा सम्पादन रहेको यस गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

पान्थरको नाम्फुन्यक(लब्रेकुटी), तिलिजङ(सिलाउटी), थाक्के माङहिम(थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायांकन भएको उक्त म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो।

“युप्पारुङ” भिडियोमा

 

प्रतिक्रिया लेख्नुहोस्