कार्तिक १५, याङ्वरकफोकस / निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक राईले एक पछि अर्को गर्दै नेपाली गीत संगीतको बजारमा थुप्रै चर्चित म्युजिक भिडियोहरु ल्याईसकेका छन् ।

टुवेल्भ नोट्स नामक युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ । लम्सालकै एरेन्जमा बनेको गीतलाई गायक सुमन राई र गायिका मेलिना राईले स्वर दिएका छन् ।

भिडियोमा कलाकार दयाहाङ राई र मोडल बिमला खजुमलाई प्रेमी जोडीको रुपमा देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

“आउन माया” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्