कार्तिक १५, याङ्वरकफोकस / कोरोना महामारीको कारण काठमाडौं उपत्यकाका अस्पतालहरुमा रगतको अभाव नहोस् भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले ‘‘कोभिड १९ महामारी बिरुद्धको लडाईमा सम्पूर्ण नेपालीहरुले एकता प्रदर्शन गर्दै रक्तदान गरौँ’’ भन्ने मुलनाराका साथ सनिवार रक्तदान सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक”, अर्थ संयोजक विष्णु यक्सो, अर्थ सचिव दिपा लिम्बु लगायत तामाङसालिङ र शेर्पा मञ्चका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

काठमाडौंको एयरपोर्ट छेउ शम्भुमार्ग-४ मा सम्पन्न रक्तदान कार्यक्रममा पाल्देन तामाङ, घनश्याम लिम्बु, बिशाल राई, मिक्तोक लिम्बु, सडक बहादुर लिम्बु, रुपेश लामा, तेम्बा लामा, प्रेम लामा, मिङमार लामा, प्रितम लिम्बु, सुन्दर लिम्बु, प्रयास बान्तवा राइ, सबिना थाम्सुहाङ, सरोज आलेमगर, रबिन गुरुङ, निमा लामा, बन्दना लिम्बु, मनोज कुमार सुनुवार, दिपक लिम्बु, रन बहादुर रम्तेल, युरोप लिम्बु, दुर्गाराज लिम्बु, राम प्रसाद श्रेष्ठ, कृष्ण बस्नेत, मनोज लिम्बु, सपना राइ, राकेश कुमार, केबी नेम्बाङ, प्रताप लिम्बु, फुंगमा लिम्बु, तेन्जी शेर्पा, शान्ता नेम्बाङ,प्रविन लिम्बु, निमा लामा, राजु तामाङ, अनिता गुरुङ, बिनोद बिष्ट, छिरिंग लामा, सन्तोस बिष्ट, गंगा ‘’दिपा‘’ लिम्बु, दोर्ण सम्बाहाम्फे, साम्योन सुब्बा तथा नाम नखुलाईएका एक जना गरि जम्मा ४३ जनाबाट रक्तदान गरिएको छ ।

रक्तदान गर्दै रक्तदाता

रक्तदाता सम्पूर्णलाई मञ्चका अध्यक्ष लिङ्देनद्वारा प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया लेख्नुहोस्