कार्तिक १७, याङ्वरकफोकस / आइतबार राती भएको इटालियल सिरि ए फुटबल खेलमा युभन्टेसले स्पेजियालाई ४-१ को गोल अन्तरले पराजित गरेको छ।

युभेन्टसको जितमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए। अल्भारो मोराटा र एड्रेएन रबिओटले एक-एक गोल गरेका छन्। स्पेजियाका लागि टोमासो पोबेगाले एक गोल गरेका थिए।

खेलको १४औं मिनेटमा युभेन्टसका मोरोटाले म्याककेनिएको पासमा गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा स्पेजियाका टोमासोले बार्टोलोमेइको पासमा गोल गर्दै पहिलो हाफ खेल १-१ को बराबरीमा रोकिएको थियोे।

दोस्रो हाफ खेलको ५६ औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ५९ औं मिनेटमा मोरोटाको पासलाई गोल गर्दै युभेन्टस २-१ को अग्रता लिन सफल भएको थियो। पुन ६७ औं मिनेटमा चेइसाको पासलाई रबिओटले गोल गर्दै युभेन्टस ३-१ को अग्रता लिन सफल भएको थियो। खेलको ७६ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत पुन गोल गर्दै युभेन्टस ४-१ को गोल अन्तरले विजयी भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्