कार्तिक १८, याङ्वरकफोकस / राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा बाइक र्याली प्रदर्शन भएको छ।
राष्ट्रिय झण्डा र पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर भएको टिसर्ट लगाएर “वीर गोर्खाली अभियान” को आयोजनामा बाइक र्याली प्रदर्शन भएको थियोे।
‘देश र श्रीपेचको रक्षा’ गरौँ भन्ने नाराका साथ मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म निस्किएको र्यालीमा करिब २ हजार बाइक थिए। बाइक र्यालीपछि ट्राफिक चोकमा पुगेर कोणसभा भएको थियो। कोणसभामा उक्त र्यालीका संयोजक बसन्त विक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाल लगायतले राष्ट्रिय एकताको लागी राजसंस्था र हिन्दू राष्ट्र पुन आवश्यक रहेको भनी बताएका थिए।
‘वीर गोर्खाली अभियान’ का संयोजक पाण्डेका अनुसार राजसंस्था पुन:स्थापनाको लागी देशव्यापी अभियान सञ्चालन गरिने भनी बताएका थिए।