कार्तिक १८, याङ्वरकफोकस / गीतकार दर्पण राईले “तिम्ले बाटो फेरेउ अरे” भाग १ र २ को सफलता पछि पुनः “माया यस्तो” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
गीतकार राईको शब्दमा गायक विक्रम राई र गायिका सम्झाना राईले स्वर दिएका छन् भने विनय कार्कीले संगीत भरेका छन्।
भिडियोमा गीतकार राई र मोडल प्रशंसा रायमाझीको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई नेपाली फिल्म निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन्। राजकुमार केसीको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।
उक्त गीत सोमबार MMS ENTERTAINMENT युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।
“माया यस्तो” भिडियोमा