सुमन सहयात्री योङ्हाङ

कार्तिक-१८, याङवरकफोकस । याङवरक फोकस अनलाईनको व्यवस्थापन समिति गठन गरिएको छ । आइतवार गठन गरिएको समितिको अध्यक्षमा अमिर माबोलाई चयन गरिएको छ ।

केही महिनादेखि संचालनमा आएको ‘याङवरक फोकस’ अनलाइन न्युज पोर्टलले व्यवस्थापन समिति गठन गरेको हो । “अन्याय, अत्याचार, अपराधको चिरफार र बिकास पर्यटन सम्भावनाको प्रचार” भन्ने मुल नाराका साथ सन्चालनमा आएको याङवरक फोकस अनलाईनको व्यवस्थापन समितिको उपाध्यक्षमा रमेशकिरण सापकोटा, सचिवमा विशाल बेघा, सह-सचिवमा सुमन सहयात्री योङहाङ, कोषाध्यक्षमा रेश्मी तावा तथा सह-कोषाध्यक्षमा कमल तावा चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा बसन्त योङहाङ, दिपा बराईली माबो, मोहन माबो, प्रतिक्षा काम्बाङ, हेमन्त माबो, नरेश माङ्मु, उजार योङहाङ, कुमार देवाली र महेन्द्र सेवालाई चयन गरिएको छ ।

संरक्षक घनेन्द्र माबो, संचालक बालन्द माबो तथा सम्पादक दिलकुमार लिम्बू लगायतको उपस्थितिमा अनलाइन भर्चुअल मिटिङबाट व्यवस्थापन समिति गठन गरिएको हो । याङवरक फोकस पाँचथर जिल्ला याङवरक गाउँपालिकाको पहिलो अनलाइन न्युज पोर्टल हो ।

संचालक बालन्द माबोको अनुसार गाउँपालिकाका फलैचा, च्याङ्थापु, ओयाम, थर्पु र नागीलाई डिजिटल माध्यमबाट फोटो तथा भिडियोहरूको साथमा विश्वभर चिनाउने, स्थानीय स्तरमा रहेका व्याक्तिहरूको प्रतिभालाई बाहिर ल्याउने, संघिय संरचना अनुसार स्थानीय बिकासको सम्भावनाहरूको खोजी गर्ने, अन्याय, अत्याचार, अपराध लगायत भ्रष्टाचार र बिकृतिको पर्दाफास गर्ने, कुनै पनि राजनितीक दलको आड र स्वार्थका लागि समर्थन नगरी निस्पक्ष रुपमा हरेक नागरिकहरुलाई सत्यतथ्य समाचार सम्प्रेषण गरि सु-सुचित गर्ने लक्ष्यका साथ न्युज पोर्टल सञ्चालनमा ल्याईएको हो ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्