कार्तिक १९, याङ्वरकफोकस / स्पेनिस क्लब रियल म्याड्रिडद्वारा इटालियन क्लब इन्टर मिलानलाई ३-२ को गोल अन्तरले पराजित गरेको छ।

च्याम्पियन लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र रोर्डिगोले एक-एक गोल गरेका थिए। इन्टरका लागि लाउरेटो मार्टिनेज र इभान पेरिसिसले एक-एक गोल गरे।

रियलका लागी २५औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए थिए। पुनः ३३औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर भएको थियो। इन्टरका लागी ३५औं मिनेटमा मार्टिनेजले पहिलो गोल गरेका थिए र दोस्रो गोल ६८औं मिनेटमा पेरिसिसले गोल गर्दै खेल बराबरिमा ल्याएका थिए। ८०औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई ३-२ गोल अन्तरले जित दिलाएका थिए।

यस जितसँगै रियले तीन खेलबाट ४ अंक जोडेको छ।

प्रतिक्रिया लेख्नुहोस्