कार्तिक १९, वुधबार,
पाँचथर– पाँचथरको सदरमुकाम फिदिममा पछिल्लो पटक गरिएको स्वाब परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय पाँचथरले केहिदिन अघि संकलन गरेर पठाएको ४१ जनाको स्वाब परिक्षणमा १४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

१४ मध्ये ३ जना थुनुवा सहित फिदिम बजारका व्यवसायी र तिनको सम्पर्कमा रहेका व्यक्ति रहेको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ । संक्रमण पुुष्टि भएका मध्ये ५ जना महिला रहेको छ ।सदरमुकाम फिदिमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको परिवारका सदस्यसँगै सम्पर्कमा रहेका र यसअघि कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका गरी ४१ जनाको स्वाब परिक्षणका लागि पठाइएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले बताएका छन् ।

सुवेदीका अनुसार पछिल्लो परिणाममा यसअघि संक्रमण पुष्टि भएका ५ जना संक्रमण मुक्त भएका भईसकेका छन् । यस सङ्गै जिल्लामा सकृय संक्रमितको संख्या २२ पुगेको स्वास्थ कार्यालयसँग तथ्यांक छ ।

प्रतिक्रिया लेख्नुहोस्