कार्तिक १९, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय शेर्पा तथा संघीय तामाङ्सालिङ मञ्च नेपालद्वारा संयुक्त रुपमा तयार पारिएको पात्रो सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमकाबिच संयुक्त संघिय शेर्पा तामाङ्सालिङ मञ्चको पात्रो २०७७ सार्वजनिक गरिएको हो ।

कोरोना महामारिको कारणले गर्दा ढिलै भएपनि प्रकाशन गरिएको र अब प्रत्येक शेर्पा समुदाय र तामाङ समुदायको घर-घरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चिन्ह सहितको क्यालेन्डर पुग्ने मञ्चका अध्यक्ष कुमार लिङ्देनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्