कार्तिक २०, याङ्वरकफोकस / पाँचथरको सदरमुकाम फिदिममा कोरोना भाइरसको सङ्क्रमण फैलिए संगै १५ दिन लकडाउन भएको छ।

बुधबार आकस्मिक बैठक बसि फिदिम नगरपालिकाले कात्तिक १९ गते राति १२ बजे देखि मङ्सिर २ गते राति १२ बजेसम्म लकडाउन गरिएको भनी एक सुचना जारी गरेको छ।

सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द रहने साथै कोरोना रोकथाम, व्यवस्थापनका लागि गरिएको लकडाउन लाई बेवास्ता गरेमा संक्रामक ऐन, २०२० बमोजिम कारबाही रहने भनी नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्