कार्तिक २०, याङ्वरकफोकस / निर्देशक दिनेश माङमु लिम्बुको निर्देशनमा रहेको “तिहारको दिन यो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक लिम्बुले एक पछि अर्को गर्दै नेपाली गीत संगीतको बजारमा थुप्रै चर्चित म्युजिक भिडियोहरु ल्याईसकेका छन् ।

ओरिजिन नेपाल नामक युट्युब च्यानल बाट बुधबार सार्वजनिक भएको उक्त गीतमा आशा लिम्बु सुहाङ्को शब्द साथै स्वर रहेको छ । एरेन्ज टेकेन्द्र यक्सो लिम्बुले गरेका छन् ।

भिडियोमा मोडल एलिसा राई र गायिका/मोडल सन्धा बुडा मगर साथै बालकलाकार आदित्य लिङ्देन, निशल सुहाङ र सिमिले सुहाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।

“तिहारको दिन यो” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्