कार्तिक २२, याङ्वरकफोकस / काठमाडौ महानगरपालिकाले खुल्लामञ्च लगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन प्रतिबन्ध गराएको छ ।

कोरोना भाइरस महामारीको कारण रोजगार गुमाएर बिचल्ली भएकाहरु लाई खुल्लामञ्चमा विभिन्न संघ संस्थाले नि:शुल्क खाना खुवाउदै आएको थियो । उक्त संस्थाहरु लाई भाइटीकाको भोलिपल्ट सम्म मात्र खाना खुवाउन महानगरपालिकाले आदेश दिएको छ ।

काठमाडौ महानगरपालिका र अभियन्ताबीच शुक्रबार भएको छलफल पछि सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमति भएको छ । तर सार्वजनिक ठाउँमा खाना खुवाउन नमिले पनि वैकल्पिक ठाउँ आफै उपलब्ध गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ ।

सहमतिअनुसार फेरि खाना खुवाउने भए भाइटीका सम्ममा बैकल्पिक ठाउँ खोजी गर्नुपर्ने तर यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्