कार्तिक २२, याङ्वरकफोकस / पाँचथर जिल्ला याङवरक गाउँपालिका-४ थर्पु निवासी बिरामी भिम सुन्दासलाई ग्रिन एण्ड क्लिन आओर पाँचथर ग्रुप र अमेरिका बाट आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

मलेसियामा कार्यरत सुर्य माबोको संयोजकत्वमा साथै कृति तुम्रोकको सहकार्यमा ग्रिन एण्ड क्लिन आओर पाँचथर ग्रुप बाट रु ८९ हजार रुपैयाँ र अमेरिकामा कार्यरत दिपक देवालीको संयोजकत्वमा अमेरिका निवासी थर्पु बासीहरु बाट रु ६७ हजार ५ सय २० रुपैयाँ गरि जम्मा रु १ लाख ४६ हजार ५ सय २० रुपैयाँँ संकलन भएको थियो ।

उक्त रकम बिरामी सुन्दासलाई स्थानीय बुद्धिजीवी ताराहाङ तावा र दिनेश तावाले शुक्रबार हस्तान्तरण गरेका थिए ।

सुन्दास रोजगारीको सिलसिलामा मलेसियामा अबैध रूपमा काम गरीरहेका बेला अचानक मुटु दुखेर मेडिकल गई जचाउदा मुटुमा रगत जमेको भनी डाक्टरले पुष्टि गरेका थिए । डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको थियो । आर्थिक अवस्था नाजुक भएको कारण बिरामी सुन्दासले उपचार गर्नलाई विभिन्न संघ संस्थाहरुलाई र सहयोगी व्यक्तिहरु मा सहयोग आह्वान गरेका थिए ।

बिरामी सुन्दासद्वारा सम्पुर्ण सहयोगी मनहरु मा धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्