कार्तिक २३/ गायक मिलन काम्बाङ आधा कपाल फुलि सक्यो पछी   नयाँ डान्सिङ गीत म त परे पहाडको तिमी तराईको अब छिटै लिएर आउने भएकाछ्न ।

पुर्वी पाँचथरको याङवरकमा जन्मिएका गायक मिलन काम्बाङ सानै उमेर बाट गीत गाउने गर्थे । गायक बन्ने सपना बोकेका मिलनको यो भन्दा अगाडी आधुनिक गीत”तिम्रो लागि जुन टिपि” साथै अर्को गीत गायक मिलनकै शब्द /संगीतमा/ आधा कपाल फुलि सक्यो बजारमा आई सकेको छ । दुबै गीतहरुले राम्रो प्रतिकृया पाई रहेको छ भने म्युजिक भिडियो पनि परिस्थिती सहज भए पछी ल्याउने ल्याउने तयारिमाछ्न मिलन ।

एक कुसल गायक बन्ने सपना बोकेका मिलन चर्चामा आउनकै लागि भन्दा पनि नेपाली गीत संगीतमा एक इट्टा बन्न राम्रो भन्दा राम्रो शब्द अनि राम्रो मेहनत गरेर गीत गाउन कुनै कन्जुस्याई नगर्ने गायक हुन।

पछिल्लो पटक पनि राम्रो मेहनत गरेर डान्सिङ गीत म त परे पहाडको तिमी तराईको रेकर्डिङ गर्ने तरखरमा लागेकाछ्न ।आफ्नो गाउँ घरको साथी भाईको हौसलाले अघि बढ्न उर्जा मिल्ने मिलन बताउछ्न।

मिलन काम्बाङको शब्द /संगीत/ स्वरमा रहेको गीत आधा कपाल फुलि सक्यो यस्तो छ।
“भिडियो”

 

 

 

प्रतिक्रिया लेख्नुहोस्