कार्तिक २३ , गायिका सरिता राईको  ‘मन पराउँछु माया गर्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

सुनसरि धरानमा औपचारिक कार्यक्रम गरेर शुक्रबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन रहेको  गीतमाा अावाज सरिता राईले दिएकि छिन भने एरेन्ज कुन्दन राईले गरेका हुन्।

गीतमा प्रेम र पीडालाई  निकै कलात्मक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। गीतको भिडियो ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका हुन्। नव प्रतिभालाई उत्प्रेरणाका लागि भिडियो निर्माणमा आफूले  ४५ हजार सहयोग गरेको सुब्बाले बताए।

शिरकुमार साङपाङले छायांकन गरेको भिडियो बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका हुन्। भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय रहेकाे छ। प्रेम सुब्बाको प्रमुख आतिथ्यतामा मिना श्रेष्ठ, गायक गंगा बरदानलगायतको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको थियाे।

प्रतिक्रिया लेख्नुहोस्