कार्तिक २४, याङ्वरकफोकस / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” हटाएर “नेपाल” मात्र लेख्ने निर्णयलाई कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

देशको औपचारिक नाममा “संघीय लोकतान्त्रिक गणतन्त्र” को ठाउँमा “नेपाल” मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले सोमबार परराष्ट्रमन्त्रीसँग छलफल गरि नेपाल मात्र नलेख्न निर्देशन दिएको थियोे । उक्त छलफलमा मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको स्पष्टीकरण दिएपनी समितिले नेपाल मात्र लेख्ने निर्णयलाई कार्यान्वयन नगर्न  निर्देशन दिएको छ ।

असोज ११ गते बसेको मन्त्रीपरिषद्को बैंककद्वारा देशको औपचारिक नाम “संघीय लोकतान्त्रिक गणतन्त्र” हटाएर “नेपाल” मात्र लेख्ने निर्णय गरेको थियोे। उक्त निर्णयलाई समितिले कार्यान्वयन नगर्न आदेश दिइएको भनी सांसद डिला संग्रौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्