“पत्थरको दिल  कविता 

✍️जनम लिङ्दम हाङ्सा

मैले हेर्नै पर्छ भनेर
ती छुटेका आँखालाई हेरेको होईन
त्यो आँखामा कुनै दिन
मेरो चित्र अटेको हुनाले
आज भोलि त्यो आँखामा
म छु कि छुइन भनेर अन्तिम पटक हेरेको हुँ,
म चाहान्छु मेरो अन्तिम स्वास पनि
आँखाबाटै जाओस् ,
अनि यो आँखाले पनि अन्तिम सम्म
तिम्रै बाटो हेरि रहुँ,
आँखा बिझाउदा आज भोलि
मलाई सम्झिन्छौ कि नाइ,
कुनै दिन तिम्रो आँखाको गाजल
पुछिने डरले तिम्रो आँखामा परेको रंग
म फु गरेर उडाइ दिन्थे
र भन्थेउ तिमीले आँखा बन्द गरेर
तिमीलाई मागे ,
तिमीले मागेका कुराहरु सम्झेर
प्रिया आज भोलि-२
तिमीले मागेका कुराहरु सम्झेर
आज म माग्ने भएको छु।
मेरो टोलको बाटो भएर कहिलेकाहीं
तिमी हिड्यो भने ,
तिमी नजिक नआउँदै मलाई
तिमी आएको महसुस हुन्छ।
केछ र! तिमीमा त्यस्तो यो दिलको बाटो भएर
हिडेको मान्छेको पाउजुको आवाज
यो दिलको बाटो भएर हिड्दा पनि
उस्तै बज्दो रहेछ।
उनी कहाँ छिन अरे उनी कहाँ छिन
आजकल यिनै प्रश्नको बार्ड म माथी पर्छ
जवाफ् के दिउँ म तिमी थियौ भनौं कि!
तिमी छैनौं भनौं।
तिमीलाई कफि मन पर्दैन भनेर
मैले कफि पिउदा आइसकृम अडर गर्दिन्थे,
सायद तातो कफि र चिसो आइस
एकैपटक एकै ठाउँमा नमिल्ने हुनाले
सायद तातो कफि र चिसो आइस
एकैपटक नमिल्ने हुनाले
हाम्रो चोइस नमिलेको जस्तो मन मिल्न सकेन कि!
तिमी र म बाट हामी मिल्न सकेनौं
जसरी नदिका दुई किनार मिल्न सक्दैन।
कहिलेकाहिँ अक्षर र शब्द नमिल्दा पनि
तालमेल नमिलेको कविता जस्तै जिन्दगी भएको छ,
तिमी र म संगै जाने त्यो विशाल पसलमा
म आजभोलि एक्लै जान्छु ,
साहुजीले मलाई हेरेर तिम्लाइ सोध्नु हुन्छ।
बेच्न राखिएको पुतली नजिकै जान्छु र जवाफ् दिन खोज्छु , आज भोलि पसलेले मलाई तिम्रो बारे सोध्दैनन
किनभने त्यसपछि त्यो बिशाल पसलमा
यो सानो मन लिएर गएकै छैन।
दुई जना संगै भएर हिडेको समय जस्तो
एक्लै हिड्दा नहुँदो रहेछ ।
२०७२ साल माघको १ गते माघेसङ्क्रान्ती मेलामा
तिमी ले मलाई किनि दिएको चादि को ब्रास्लेट
आज पनि त्यै मेलामा ,
त्यै साहुजि संग चम्काउन लिएर जान्छु।
सुन तिम्रो र औंठिको बारेमा एकैपटक प्रश्न गर्छन् ,
म उसलाई प्रत्येक बर्ष रेडिमेट जवाफ् दिन्छु
हजुर ले औंठि मा राखेको पत्थर जस्तै
रहेछ उसको दिल पनि ।।

प्रतिक्रिया लेख्नुहोस्