नेत्र कोइराला

कार्तिक-२७, थर्पू । पाँचथरको याङवरक-४ थर्पू निवासी मुटु तथा कलेजोका बिरामी कमला योङ्हाङ्लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । देश-विदेशबाट कमला बचाउ अभियान मार्फत संकलित २ लाख ७३ हजार ५० रूपैयाँ बिरामीका श्रीमान् बलहाङ् योङ्हाङलाई हस्तान्तरण गरिएको हो ।

बुधवार एक कार्यक्रमकाबीच  मलेसिया बाट सामाजिक अभियन्ता सुर्य प्रकास माबो र युके बाट कल्पना काम्बाङको अभियानमा जुटेको रकम  बिरामीको सु-स्वास्थ्यको कामना सहित युवा समाजसेवी अश्मिन ईधिङ्गोले सो रकम हस्तान्तरण गरेका हुन् । बिगत लामो समयदेखि योङ्हाङ्को मुटु तथा कलेजोमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचार गराईरहेकी छिन् । उपचारका क्रममा पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि सहयोगको याचना गरिएको थियो । स्थानीय याङवरकबासी तथा देश-विदेशबाट उक्त सहयोग रकम जम्मा गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्