कार्तिक २७, याङ्वरकफोकस / फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा. लि.को निर्माणमा महिला हिंसा विरुद्धको कथामा आधारित नेपाली कथानक चलचित्र “तलाश” को छायांकन सम्पन भएको छ ।

दिनेश लिङ्देनले लेखेका उक्त फिल्ममा रोशन वान्तवा राईको संगीत, विक्रम डिसीको छायाँकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्यनिर्देशन रहेको छ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहेको यस चलचित्रमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, दिलिप ठकुरी, विमला खजुम, अजय खड्का, हस्त लिवाङ, अन्जिता नेम्वाङ, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, मिङ्मा शेर्पा र प्रिती योगीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्