कार्तिक २८, याङ्वरकफोकस / इलामको सन्दकपुर गाउँपालिका-४ स्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।सन्दकपुर गाउँपालिकाले स्थानीय बासिन्दा कर्मा शेर्पा लामाको दुई तले पक्की भवनमा बीओपी राखेको छ ।

बीओपीको उद्घाटनमा प्रदेश १ का सांसद खिनु लाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नम्बर वराह बाहिनी मुख्यालय सुनसरीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधीरजंग थापा, भारतीय एसएसबीका बीएन जी कोय लगायत बुद्धिजीवी, समाजसेवि साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

नेपाल-भारत सीमावर्ती ईलाकाहरुमा हुन सक्ने सीमा अपराध संग सम्बन्धित गतिबिधिहरु नियन्त्रण गर्न, रोकथाम गर्न, राजश्व संकलन बृद्धि गर्न एवं आमजनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यका साथ उक्त बीओपी खडा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्