कार्तिक २८, याङ्वरकफोकस / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत भएको पहिलो खेलमा बंगलादेश सँग नेपाल पराजित भएको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा आज भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ ।

बंगलादेशको जितमा मोहम्मद नविन नेवाज जीवन र महबुबुर रहमानले एक-एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । पुनः ८० औं मिनेटमा महबुबुर रहमानले गोलकिपर किरण चेम्जोङलाई छलाउदै निर्णायक गोल गरेका छन् ।

मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले पुन बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ । नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको हो । सन् २०१५ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्