कार्तिक २९, याङ्वरकफोकस / लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता एवम् याक्थुङ् लेखक संघ नेपालका महासचिव, जसपाका लिम्बुवान राष्ट्रिय समिति सचीव, बौद्धिक व्यक्तित्व, कवि, साहित्यकार टंक सेलिङले लक्ष्मीप्रसाद देवकोटा महाकवि होइनन् भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा सनिवार सेलिङ्ले देवकोटा महाकवि होइनन् भन्दै यस्तो लेखेका छन्।

देवकोटा महाकवि होइनन्……!

लक्ष्मी पुजाकाे दिन लक्ष्मीप्रसाद देवकोटाकाे पनि जन्मदिन परेको तथ्य सबैलाई थाहा भएकै हाे । उहाँमा भएको राम्रो क्षमता र कामको हामीले सम्मान गर्नुपर्छ, तर उनको दुई/तिनवटा कमजोरी हेर्दा, मलाई महाकवि हुन् जस्तो लागेना !

१) नेवारी लाेक साहित्यकाे चाेरी गरि मुनामदन लेखेका थिए भन्ने स-प्रमाण छ । खासमा, नेवारकाे छाेरा याे पाउ छुन्छ हुनुपर्नेमा जातिय आडम्बर मुनामदनमा घुसाएकाे पाउँछौं ।

२) पञ्चायतकाे मन्त्रीमण्डलमा शिक्षामन्त्री खानु, स्खलनकाे नमुना हाे । त्यतिबेला, सुम्निमा लेख्ने, विपि र पुष्पलालहरू समानताको आन्दोलनमा हुदाँ, महाकवि पञ्चायतकाे शिक्षामन्त्री घिचि हिड्नुले पनि महाकवि भन्न सुहाउँदैन ।

३) राहुल सांस्कृत्यायनकाे श्रीमती दलित हुन् भन्ने थाहा पाएपछि रूद्री पुजा गर्ने, घाेर जातीवादी कसरी महाकवि बन्न सक्छ ?

पूर्विय ज्ञान पद्धतिले जजमानी प्रवृत्तिकाे विकास गरेको कुरालाई स्विकार्दै, विज्ञानसम्मत चेतनाको विकास नगर्ने हाे भने, रामायण र महाभारतका शकुनिहरू मात्रै जन्मनेछन् ! अझै, त्रिवीका उपकुलपति खानियासम्मले, पिएचडीकाे रिसर्च चाेरी गर्ने प्रवृत्तिले, रामायण र महाभारतले निर्माण गरेकोे स्कुलिङ् गलत छ भन्ने स्पष्ट हुन्छ । नेपालमा अझै महाभारत र रामायण पढेर विद्वान् पल्टने “गल्ता ग्याङ” नसकिएसम्म समृद्धि र विकास सम्भव छैन ।

अन्त्यमा, यसरी बाैद्विक चाेरी गरेर मुनामदन लेख्ने देवकोटाकाे जन्मदिनमा शुभकामना भन्न सकिन्छ । तर, महाकविकाे जन्मदिनको शुभकामना भन्न सकिन्न । पञ्चायती सत्ताका पञ्जिका देवकोटा महाकवि हुन सक्दैनन् । सत्य सधैं घाम जस्तै छर्लङ्ग हुन्छ ।

धन्यवाद !

प्रतिक्रिया लेख्नुहोस्