कार्तिक २९, याङ्वरकफोकस / पाँचथर हिलिहाङ गाउँपालिका-३ तुम्बुङ्ग निवासी शर्ण कुमार योङ्हाङ्को घरमा पटाका पड्काउदा आगलागी भएको छ ।

आगलागीमा नष्ट भएको घर

खानपिन गरेर सबैजना मेलापातमा गएको बेला आज दिउँसो २ बझे तिर आगलागी भएको र कसले पटाका पड्काएको भन्ने विवरण खुल्न नसकेको स्थानीय केशर माङमु लिम्बुले याङ्वरकफोकसलाई बताएका छन् ।

माङ्मुका अनुसार जनको क्षति नभएपनि तीन तले घर सहित सम्पुर्ण खाद्यान्न र लत्ताकपडाहरु जलेर नष्ट भएको छ । स्थानीयहरु भेला भएर आगो नियन्त्रण गर्न खोज्दा पनि पानीको अभाव रहेकोले गर्दा घर पुरै नष्ट भएको माङमुले बताए ।

प्रतिक्रिया लेख्नुहोस्