कार्तिक ३०/पाँचथर फालेलुङ  गाउँपालिका 3 मेमेङकी मुना ठटाल नेपाल स्टार गायन रियालिटी शो को टप १८ मा प्रबेश गरेकिछिन ।

सनिबार राती नेपाल टेलिभिजन बाट प्रसारण भइरहेको वाई वाई नेपाल स्टार गायन रियालिटी शो मा बिभिन्न चरण पार गर्दै दर्शक अनि  निर्णायक मण्डलको मन जित्दै मुना ठटाल टप १८ मा प्रबेश गरेकीहुन ।

सनिबारको प्रस्तुतिमा मुना ठटालले  विशाल देब श्रेष्ठ संग मिलन आमत्यको गीत जहिले सम्म संसारमा गाएकि थिइन । प्रस्तुती पछी निर्णायक बाट राम्रै प्रतिकृया पाईकि मुनालाई अतिथि निर्णयक बिजय लामाले पनि मुनाको गायनलाई खुलेरै तारिफ गरेका थिए।

टप १८ मा पुगेकी मुना ठटाललाई अब अगाडि बढाउने पालो दर्शकहरुको हो ।मुना ठटाललाई भोट गर्ने तरिका नेपालबाट आफ्नो मोबाइलको मेसेज box मा गएर NS 08 type गरि 33001 मा send गर्नु पर्नेछ । त्यस्तै  Nepal television को app डाउनलोड गरेर पनि देश तथा बिदेश वाट भोट गर्न सकिनेछ। भोट गर्ने समय सनिबार राती ९:०० बजे देखि सोमबार  राती १२:००बजे सम्म भोटिङ खुल्ला रहने छ।

प्रतिक्रिया लेख्नुहोस्