मङ्सिर १, याङ्वरकफोकस / १२ वैशाख २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुल्ने भएको छ । भाइटीकाको दिन आज र भोली गरि मन्दिर दुई दिन खुल्ला रहने भएको छ ।

कोरोना महामारी भएता पनि आज र भोली दुई दिन मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले बताएको छ । मंगलबार पनि भाइटीका लगाउने भएकाले दुई दिन मन्दिर खुल्ला गर्ने व्यवस्था मिलाइएको भनी काठमाडौं महानगरपालिकाको वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदिबहिनीहरु र दिदीबहिनी नभएका दाजुभाइहरु जम्मा भएर भाइटीका लगाउने परम्परा रहेको छ । भुकम्प पश्चात् गत महिना अघिमात्रै रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूनर्निर्माणको काम सकिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्