मङ्सिर १, याङ्वरकाफोकस / हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित “जिरे खोर्सानी” नामक नेपाली रेस्टुरेन्टमा आगलागी भएको छ । आगलागी बाट सात जनाको मृत्यु भएको र १३ जना गम्भीर घाइते भनी साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

आइतबार राती करिब ८ बझेतिर बर्थडे पार्टी मनाई रहेको बेला एक्कासी आगलागी भएको तर के कारण ले आगलागी भएको भन्ने पुष्टि नभएको भनी बताइएको छ । मृत्यु हुनेमा १० बर्षिय बालक सहित चार पुरुष र तीन महिला रहेका छन् ।

गम्भीर घाइते १३ जनालाई प्रहरीले उद्धार गरेको र घाइतेहरु लाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको पोष्टले जनाएको छ ।

पोष्टका अनुसार हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आगलागीको त्रासदीबाट आफू दु:खी भएको बताएकी छिन् । लामले आगलागी घटनामा परेर घाइते भएकाहरु लाई उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएकि छिन् ।

प्रतिक्रिया लेख्नुहोस्