अराजकता … कविता

✍️इन्दिरा नेम्बाङ

आजकाल म र मेरो अस्तित्व अराजकतामा होमिदै छ
किन भने…
बाल्यकाल जस्तो…
बेकुफ …
हावा जस्तै
नदेखिएको अन्धबेग सङै
होमिएका बिचार…
अब यतिबेला सम्झिनु तिमिले
कि!यहाँ अराजकताले
उखुम मच्चाउन थाल्यो।

गाउँ बस्ती र उहीँ पखेराहरुमा
चरा को ती चिर्बिर हरु पनि त
आक्रोश का भाकाहरु
बेस्कन…
गुन्जिदैछ्न।

शहर तिर पनि त उस्तै …
ट्राफिक जाम हुदैछ ..
साना -साना साधनले बाटो ,पाउन मुस्किल
हुन्छ किनभने !
आज नेता को सवारी हुदैछ,
यो बेला बिचरा हामि
बेस्सरी हर्न …
बजाउदै बस्नु बाहेक !
बिकल्प छ र?

अह छैन ?
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ!
उखानले दोहोरी न पाउछ ।
बस यत्ती सम्झ मेरो
शासक को अराजकता
अचेल …
अनि त म
बेकुफ …
मेरा मस्तिष्क का थैला
ना लायक …
यो परिस्थितिमा अचेल
बद्दैछ अराजकता !

हो त्यसैले त उ त्यो क्षितिज …
जस्तै ..
बेला न कुबेला
रङिन भएर अराजकता
मच्चाउन
मन लाउछ…
कसै को प्रवाह
नगरी .
एकोहोरो ….।
अनि त एकोहोरो
उज्यालो
दिन लाई .
हरपल..

********************************************

प्रतिक्रिया लेख्नुहोस्