युएई- २ मंसिर। युएई सरकारले ओभर स्टेको जरिवानासंगै अन्य कागजातहरुमा लाग्ने फाईन समेत माफ हुने  जनाएकाे छ।

मार्च १,२०२० भन्दा पहिले भिषा सकिएर अवैधानिक बनेका सबैका लागि युएई सरकारले १७, नोवेम्बर २०२० सम्म तोकेको आम माफी ३१ डिसेम्बर २०२० सम्मको लागि बढाएको छ ।

ओभर स्टेको जरिवानासंगै अन्य कागजातहरु जस्तै वर्क परमिट र इमिरेटस आइडीमा लाग्ने फाइन समेत माफ हुने आइसिए ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्