मङ्सिर ३, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी बीच गोप्य भेटवार्ता भएको छ ।

बालुवाटार स्रोतअनुसार मंगलबार झण्डै डेढ घण्टा वार्ता भएको थियो । तर भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी खुलेको छैन ।

एमालेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोपसहित राजनीतिक प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा रहेका प्रधानमन्त्री ओलीले आफूलाई सघाउन आग्रह गरेको भनी दाहाल पक्षीय नेताहरु ले अनुमान गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरमबिन्दूमा पुगेको बेला चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग भेट गर्दा राजदूतलाई कूटनीतिक मर्यादा लाग्ने कि नलाग्ने प्रश्न समेत दाहाल निकट नेताहरु ले गरेका छन् । नेकपाभित्र को रहेक विवादमा चिनियाँ राजदूत यान्छीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्