मङ्सिर ३, याङ्वरकफोकस / पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ रवि बजारमा कोरोनाको कारण एक व्यक्तिको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका ४७ वर्षीय ती व्यक्तिको मंगलबार मृत्यु भएको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले बताएकी छिन् ।

उपाध्यक्ष राईका अनुसार कार्तिक २८ गते ज्वरो आएर ती व्यक्ति उपचारका लागि विराटनगरको नोबेल अस्पताल गएका र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए देखि ती व्यक्ति होम क्वारेन्टाइनमा बसेका थिए । उनका अनुसार परिवारका अन्य सदस्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्