मङ्सिर ४, याङ्वरकफोकस / खशान राष्ट्रिय संघर्ष समितिले पहिचानको आधारमा खशान प्रान्त सहित  १०+१ प्रान्त माग गरि विरोध सभा गर्ने भएको छ ।

समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै आउँदो मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी दिएको छ ।

सूचनामा खशानहरुलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, खशआर्य समानुपातिक क्लष्टरलाई अलग अलग गर्नुपर्ने, खश समुदायको मष्टो सांस्कृतिक चाडमा सार्वजनिक बिदा दिनुपर्ने मागहरु उल्लेख गरिएको छ ।

खशान राष्ट्रिय संघर्ष समितिको सूचना

प्रतिक्रिया लेख्नुहोस्