मङ्सिर ५, याङ्वरकफोकस / लामो दुरिमा चल्ने यात्रुवाहक सार्वजनिक यातायातहरु मा अनलाइन मोनिटरिङ सिस्टम नियमन प्रणाली शुरु भएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको हो । विभागले लामो दूरीका सवारीसाधनमा लागू हुने गरी अनलाइन टिकट मोनिटरिङ सिस्टम सुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बिहीबार मन्त्रालयमा उक्त सिस्टमको उद्घाटन गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्न उक्त प्रणालीले ठूलो सहयोग गर्ने जानकारी दिएका थिए । सार्वजनिक यातायातलाई आधुनिक प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्ने र यस क्षेत्रलाई पारदर्शी, सुरक्षित साथै वातावरणमैत्री बनाउनु आवश्यक छ रहेको मन्त्री नेम्बाङले बताए । अनलाइन मोनिटरिङले यातायात व्यवसायलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘यसले कुनै घोटाला हुन दिने छैन,’ मन्त्री नेम्बाङले भने, ‘कुन गाडी कहाँ आयो, कहाँ जाँदै छ, सबै थाहा हुनेछ ।’ सिस्टमले सार्वजनिक सवारी चलाउने व्यवसायीलाई निर्धक्क बनाउने, त्यसमा कार्यरत कर्मचारीलाई ढुक्क बनाउने र यात्रुलाई भरपर्दो र सुरक्षित बनाउने नेम्वाङले बताएका थिए ।

लामो दुरिमा चल्ने सार्वजनिक यातायातमा अनलाइनबाटै टिकट लिने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् । सम्बन्धित गाडी कम्पनीले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्ने र काउन्टरमा भीड गरेर टिकट लिनुको सट्टा घरमै बसेर अनलाइनबाटै लिने व्यवस्था हुनेछ साथै टिकटमा यात्रु नठगिने र सहज हुने हमालले बताए । यस सिस्टम लागू गर्दा  व्यवसायीको खातामा पैसा जम्मा हुने र कोभिड-१९ को महामारीका बेला यो सिस्टम लागू गर्न हतारिएको समेत बताए ।

प्रतिक्रिया लेख्नुहोस्