मङ्सिर ६, याङ्वरकफोकस / २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि बन्द रहेको नारायणहिटी दरबार “श्री सदन” आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज दिउँसो २ बजे “श्री सदन” खुल्ला गर्न औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने भनी नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला रहने समितिका निर्देशक दाहालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्