मङ्सिर ६, याङ्वरकफोकस / झापाको दमकमा गाई काटेर खाएको अभियोगमा चार जना पक्राउ परेका छन् । गाई काटेर मासु घरमा लुकाइराखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक-७ को ४२ वर्षिय ढकराज रामदाम, २९ वर्षिय प्रदीप सुवेदी, २७ वर्षिय छोटे अलि र २० वर्षीय बब्लु अलिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनीहरुले बिहीबार राती नै गाई काटेर केही मासु खाइसकेको र करिब १० केजी घरमा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताएका छन् ।

पक्राउ परेका चार जनालाई गौहत्या सम्बन्धित कानुन अनुसार कार्वाही भईरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्