घनेन्द्र माबो

मंसिर ७ याङवरक फोकस/ भनिन्छ मृत्यू त्यसै दिन निश्चित हुन्छ । जुन दिन मानिस जन्म लिन्छ संसारमा जन्म बिबाह र मृत्युु संस्कारहरु अनेकौं छन् । मृत्यु संस्कारका अनेकौं रितीरिवाजहरु संसारमा प्रचलित मध्ये इण्डोनेशियाको सुलाबेसी  प्रान्तको ताना तोराजा जातीहरुको मृत्यु संस्कार बडो अचम्म र अनौठो लाग्दो छ ।

यि जातिहरुमा जब आफन्तको मृत्यु हुन्छ मृतकको नाममा आफ्नो सम्पुर्ण समाजलाई दुई सय वटा राँगा काटेर भोज खुवाउनु पर्छ । जब सम्म दुई सय राँगा काट्ने भोजको बन्दोबस्ती मिल्दैन तब सम्म मृतकलाई घरमै राख्नु पर्ने हुन्छ । घरमा मृतक रहुन्जेल घर परिवारकै सदस्यको जस्तै खानपिन खुवाउने, नुहाइदिने,कपडा फेरि दिने गर्छन । यदि परिवार निम्न बर्गका भए महिनौं भोजको समय जुराउन लाग्ने पनि हुनसक्छ । यसरी जबसम्म मृतकको लास घरमा या ओछ्यानमा नै रहन्छ तबसम्म मृत्यु हैन बिरामीको रुपमा परिवार सदस्य नै मान्ने चलन छ। लास गन्हाउन नदिन आफ्नै प्रकारको औषधि प्रयोग गर्छन । परिवार र समाजमा सरसहयोगले दुई सय राँगा काटेर भोज खुवाइ सके पछि मात्र दाह संस्कारको तयारी गरिन्छ । यदि मृतक समाजमा नाम कहलिएको भएमा दुई सय मात्र नभई हजारौं विभिन्न जनावर राँगा,गोरु,घोडा,सुँगुर काटेर बिशाल भोज आयोजना गर्ने परंरागत संस्कार पनि छ।
अनौठो दाहसंस्कार
ताना तोराजा जातिमा दाहसंस्कार पनि अनौठो छ।मलामीहरुले लास अजङ्गको ढुंगाको पहाडमा चढाएर पहाड खोपेर ओढार बनाउने र त्यस भित्र लास सुरक्षित राखी ढुंगाको ढोकाले नै बन्द गरिन्छ । यस्तो पहाड खोपेर बनाइने चिहान धन हुनेले महिनौं लगाएर अत्यन्तै सुन्दर बनाउने प्रचलन पनि छ । ढोका बाहिर मृतकको दुरुस्त काठको मुर्ती बनाएर कपडाहरुले सजाएर राख्ने चलन छ । यस्तो काठको मृतकको मूर्तिलाई ताउताउ भन्छन् ।अत्यन्तै गरिबहरु चिहान बनाउने हैसियत नहुनेहरुले चैं लासलाई काठको बाकसमा पहाडको कुनै ढुङ्गामा अड्याएर राख्छन |
हरेक तीन सालमा लास चिहानबाट निकालिन्छ
ताना तोराजा जातिमा मृतक आफन्तको लास प्रत्येक तीन सालमा चिहानबाट निकाल्ने र सरसफाइ गरेर नयाँ कपडा फेरि दिने गरिन्छ ।सरसफाइ नुहाइधुहाइ गराएर खानपिन गराउने र नयाँ कपडा फेरिदिएर टोलमा खटमा राखेर घुमाउने गरिन्छ । यसरी घुमाउनु खुवाउनुलाई मृतकको आत्मा खुशी बनाउने र आशिर्वाद पाउनको लागि गरिने बिश्वास गरिन्छ ।
बच्चा मृत्यु भएमा
ताना तोराजा जातिमा दाँत नउमृएको बच्चा मृत्यु भएमा लासलाई बासको डालामा राखेर रुखमा झुण्ड्याउने गर्छन् । यसरी रुखमा झुण्ड्याउनु प्रकृति दिएको उपहार प्रकृतिलाई नै फिर्ता भन्ने बिश्वास मानिन्छ।

प्रतिक्रिया लेख्नुहोस्